एनआईसी एशिया लघुवित्तको संचालकमा अग्रवाल, सिईओमा चालिसे नियुक्त « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

एनआईसी एशिया लघुवित्तको संचालकमा अग्रवाल, सिईओमा चालिसे नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्तको अशोज २२ गते बसेको संचालक समितिको ८४ औं बैठकबाट विभोर कुमार अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको छ । संचालक विभोर कुमार अग्रवालले मंगलबार कम्पनीका अध्यक्ष कपिल ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरे । नयाँ संचालक विभोर कुमार अग्रवालको अनुभवबाट आगामीदिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको छ ।

त्यसैगरि लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । निज चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्था पकिय पदमा कार्यरत रहनु भएको छ । १६ अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गर्नुभएका चालिसे २०६५ चैत्रमा माएनआई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमाकार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमाकार्य गरी आउनु भएको छ ।

लक्ष्मण चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ । लक्ष्मण चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्तगरि स्थापना भएको यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाभएको छोटो समयमा नै लघुवित्त क्षेत्रमाउच्च स्थान हासिल गर्न सफल भएको छ । आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसा तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

साथी संगै सवलबन्दै भन्ने मुलनाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावे शिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथावित्तीय संस्थाहरुको उपस्थितिन्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालनगर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्