सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १७ औं वार्षिकोत्सव « Arthapath.com
१३ कार्तिक २०७७, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १७ औं वार्षिकोत्सव



काठमाडौं । सांग्रिला विकास बैंक १६ वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । आज बिहीबारदेखी बैंकले १७ औं वार्षिकोसव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने लगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आगामी दिनमा १६ औं वर्षसम्म आइपुग्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

पोखरामा केन्द्रीय कार्यक्षेत्र बनाई १६ वर्ष अगाडी खुलेको सांग्रिला डेभलपमेन्ट बैंकको मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सचालनमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्