३५ पालिकालाई सङ्घीय सरकारको प्रश्नः बजेट किन नल्याएको ? « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

३५ पालिकालाई सङ्घीय सरकारको प्रश्नः बजेट किन नल्याएको ?



काठमाडौं । चालु आर्थिक वर्षको बजेट अझै नल्याएका पालिकाहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । कानुनअनुसार असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने भए पनि कात्तिक महिना बित्न लाग्दासमेत बजेट नल्याएका पालिकाहरूलाई बजेट नल्याउनुको कारण खुलाएर पठाउन स्पष्टीकरण सोधिएको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

मन्त्रालयले बजेट नल्याएका १९ वटा गाउँपालिका र १६ वटा नगरपालिकालाई पत्र पठाएर १५ दिनभित्र जवाफ पठाउन भनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आउँदो आर्थिक वर्षको राजस्व र बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । असार १० गतेभित्र पेस भएको बजेट कम्तीमा असार मसान्तभित्र पारित गरिसक्नुपर्छ ।

बजेट ल्याउन नसकेका गाउँपालिकाहरू

सङ्खुवासभाको भोटेखोला, तेह्रथुमको मेन्छयायेम, सप्तरीका छिन्नमस्त, राजगढ र महादेवा, सिरहाका अर्नमा, औरही, नवरनजपुर र लक्ष्मीपुर पतारी, धनुषाको धनौजी, महोत्तरीको साम्सी, रौतहटको यमुनामाई, पर्साका जगरनाथपुर, पकाहा मैनपुर, सखुवा प्रसौनी, ठोरी र जिराभवानी, रामेछापको लिखु तामाकोशी र रसुवाको आमाछोदिङमो गाउँपालिका रहेका छन् ।

बजेट ल्याउन नसकेका नगरपालिकाहरु

सिरहाका सप्तकोशी, कल्याणपुर र मिर्चैया, धनुषाका गठेशमान चारनाथ, कमला र मिथिला विहारी, रौटहटका राजदेवी, इशनाथ, देवाही गोनाही, परोहा, फतुवा विजयपुर, बौधीमाई र वृन्दावन, बाराको सिम्रौनगढ, पर्साको पोखरिया र बाजुराको बूढीगंगा नगरपालिका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्