२१११ जना कोरोना संक्रमित थपिए, ३५३७ जना संक्रमणमुक्त, ३७ हजार २२ सय जना सक्रिय संक्रमित « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

२१११ जना कोरोना संक्रमित थपिए, ३५३७ जना संक्रमणमुक्त, ३७ हजार २२ सय जना सक्रिय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जन पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।

शुक्रबार ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० पुगेको छ। हाल ९ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्