साना किसान लघुवित्तको नाफा १४ करोड, ६१ करोड निक्षेप संकलन « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

साना किसान लघुवित्तको नाफा १४ करोड, ६१ करोड निक्षेप संकलन



काठमाडौं । साना किसान विकास लघुवित्तले यस आवको पहिलो त्रैमासमा १४ करोड नाफा कमाएको छ । कोरोनाका कारण प्रायः वित्तिय संस्थाको नाफा घटिरहेको बखत साना किसानले भने २२ लाख नाफा बढाएको शुक्रबार प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

गत आवको सोही अवधीमा साना किसानले १३ करोड ७७ लाख खुद मुनाफा कमाएको थियो । एक अर्ब दुई लाख चुक्त पूँजी रहेको साना किसान लघुवित्तले २ अर्व १० करोड रुपैयाँ जगेडा कोषमा राख्न सफल भएको छ ।

पहिलो त्रैमासमा एक अर्ब ६१ करोड निक्षेप संकल गरी १९ अर्व ३४ करोड कर्जा लगानी गरेको छ । लघुवित्तले १८ अर्व ४६ करोड ऋण लिएर लगानी गरेको हो । यस अवधीमा लघुवित्तले ३ करोड खुद व्याज आन्दानी बढाएर २६ करोड ७४ लाख पुर्याएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्