नेपाल बैंकले ६.९९ ब्याजदरमा बिजनेस कर्जा दिने « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

नेपाल बैंकले ६.९९ ब्याजदरमा बिजनेस कर्जा दिने



काठमाडौं । व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरको बिजनेस कर्जा योजना ल्याएको छ । ८४औं वार्षिकोत्सवका अवसरमा बैंकले यस्तो कर्जा योजना सार्वजनिक गरेको हो । ‘एनबीएल एनिभर्सरी बिजनेस लोन’ नाम दिइएको कर्जा योजना व्यावसायिक क्षेत्र लक्षित ‘प्रडक्ट’ हो ।

कर्जा लिन व्यवसाय सञ्चालन भएको कम्तीमा ६ महिना पुगेको हुनु पर्नेछ । व्यवसायको प्रकृति र आकारका आधारमा लागतको शतप्रतिशत र स्टक तथा रिसियबलको बढीमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ ले प्रभावित व्यावसायिक क्षेत्रको उत्थानमा टेवा र्पुयाउने उद्देश्यले वार्षिकोत्सवका अवसर पारेर सुलभ दरको बिजनेस कर्जा योजना ल्याइएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्