सिटिजन्स बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न, तिनाउँ मिसनलाई गाभ्ने प्रश्ताव पारित « Arthapath.com
२० मंसिर २०७७, शनिबार

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न, तिनाउँ मिसनलाई गाभ्ने प्रश्ताव पारित



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ । साधारणसभा केन्द्रिय कार्यालय दरवारमार्ग काठमाण्डौमा सम्पन्न भएको छ ।

जुममार्फत चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६।७७ को नाफा नोक्सानीको हिसाव वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

त्यसै गरी साधारणसभाले गत आर्थिक वर्ष २०७६।७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशतका नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७६।७७ सम्ममा ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान तथा विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । बैंकले ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्