४ अर्ब को प्रभु बैंक डिबेञ्चरको तयारी, सेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

४ अर्ब को प्रभु बैंक डिबेञ्चरको तयारी, सेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त



काठमाडौं । प्रभु बैंक डिभेञ्चर–२०८७ को लागी विक्री प्रवन्धक मेगा क्यापिटललाई नियुक्त गरेको छ । प्रभु बैंकले १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्सलाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ ।

आज उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्