सेञ्चुरी बैंकको साधारण सभाबाट लाभांश पारित, सञ्चालक समितिमा ३ जना नियुक्त « Arthapath.com
१ माघ २०७७, बिहीबार

सेञ्चुरी बैंकको साधारण सभाबाट लाभांश पारित, सञ्चालक समितिमा ३ जना नियुक्त



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा पौष २९ गते बुधबारका दिन सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५÷७६ को मुनाफाबाट चुक्तापुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार माआ.व. २०७६÷७७को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्