एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठले पदभार सम्हाले « Arthapath.com
२ माघ २०७७, शुक्रबार

एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठले पदभार सम्हाले



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सका नवनियुक्त सिइओले वदभार सम्हालेका छन् । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेका हुन् । बीमा समितिले २९ गते श्रेष्ठलाई सीईओ बन्नको लागि स्वीकृती दिएको थियो ।

श्रेष्ठ एशियन लाइफका पूर्व संचालक समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट ए.म.बी.ए.सम्मको अध्ययन पूरा गरेका श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा सेमत काम गरेको अनुभव छ । माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यभार अब श्रेष्ठले सम्हाल्ने छन्।


प्रतिक्रिया दिनुहोस्