सामलिङ्ग पावरको आइपीओले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ पायो « Arthapath.com
४ माघ २०७७, आईतवार

सामलिङ्ग पावरको आइपीओले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ पायो



काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको आइपिओले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ पाएको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले साधारण शेयर निष्काशन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई र निष्काशन तथा बिक्री प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्