यो झोलुङ्गे पुलको नामकरण गर्नेलाई रु २५ हजार « Arthapath.com
४ माघ २०७७, आईतवार

यो झोलुङ्गे पुलको नामकरण गर्नेलाई रु २५ हजार



काठमाडौं । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ९५६७ मिटर झोलुङ्गे पुलको नामकरण गर्नका लागि २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुलको शनिबार उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक÷व्यक्तिलाई पुरस्कारस्वरुप रु २५ हजार प्रदान गरिने बताएका छन् ।

“प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं”, उनले भने । विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ । “संस्कृति, इतिहास, कालिगण्डकी नदीको सभ्यता नाममा झल्कोस्, जनबोलीमा पनि सजिलै स्थापित हुने खालको होस् भन्ने हाम्रो अपेक्षा छ”, उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्