नागरिक स्टकलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति प्रदान « Arthapath.com
९ माघ २०७७, शुक्रबार

नागरिक स्टकलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति प्रदान



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको छ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले काम भने थालिसकेको छ। कम्पनीले प्रमुख कार्यकारीमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी २०७६ फागुन १ देखि लागू हुने गरी नियमावली परिवर्तन गरेको थियो ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजीबजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले सञ्चालन स्वीकृति दिइएको बोर्डले जनाएको छ । बोर्डले शुक्रबार उक्त अनुमति प्रदान गरेको हो । बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।

डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ । जसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ । कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्