नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त



काठमाडौं । नेपाल बैंकको अध्यक्ष पदबाट अध्यक्ष बासुदेव अधिकारीले केहि दिन अघि मात्र राजीना दिएपछि मधु कुमार मरासिनीलाई नियुक्त गरिउको छ ।

बैंकको सञ्चालक समितिको बैठकले नेपाल बैंकको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त गरेको हो । मरासिनी नेपाल सरकारका सह-सचिव तथा अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालय प्रमुख छन् ।

अर्थ मन्त्रालयका सहसचिव समेत भइसकेका मरासिनी आर्थिक तथा प्रशासनिक कार्यमा अब्बल मानिन्छन् । न्युयोर्कमा कन्सुलर जनरलको पदमा रहँदा निकै सकृय र कामकाजी अधिकारीको छवि बनाएका मरासिनीलाई नेपाल बैंक लिमिटेडले अध्यक्ष पदमा नियुक्त गरेको बताइएको छ । न्यूयोर्कमा कन्सुलर जनरल भएका समयमा उनले नेपालको व्यापार र पर्यटन प्रवर्धनका लागि प्रचार प्रसारका क्षेत्रमा निकै उल्लेख्य काम गरेका थिए ।

सोही समयमा नेपालबाट चोरी भई न्यूयोर्क लगिएका झण्डै आठ सय वर्ष पुराना मूर्तीहरु पनि नेपाल सरकारलाई फिर्ता दिलाउन उनले उल्लेख्य पहल गरेका थिए । मरासिनीसँग विश्व बैंकमा समेत काम गरेको अनुभव रहेको छ । सोही आधारमा अध्यक्ष मरासिनीको कार्यकालमा नेपाल बैंकले निकै बैकले अझ बढी उचाई लिने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्