डिजिटल इन्स्योरेन्समा फड्को मार्दै शिखर इन्स्योरेन्स, के हो च्याटबट सेवा र कसरी प्रयोग गर्ने ? « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

डिजिटल इन्स्योरेन्समा फड्को मार्दै शिखर इन्स्योरेन्स, के हो च्याटबट सेवा र कसरी प्रयोग गर्ने ?



काठमाडौं । डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबट मार्फत कुनैपनि सेवा लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले बीमा गर्ने ग्राहाकहरुलाई अफिससम्म धाउनुनपर्ने भएको छ ।

आजभोलि अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुन्छ । घरमा होस वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसकोे लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी छ ।

यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्रहाकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहाकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन् । च्याटबटका कारण ग्रहाकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुध्न पर्दैन् ।

च्याटबट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ । कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालिन र सहजताका लागि ग्रहाकहरुले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन् ।

ग्राहाकरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टी, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्छन् । साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावन बढ्ने देखिन्छ । हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दे आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्