गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । गणपति लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् ।

कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले चौँथो वार्षिक साधारण सभा फागुन २८ गते, शुक्रबार, ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, नेशनलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले बिहीबारसम्म नेप्सेमा कारोबार गर्ने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्ने छन् ।

संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सातौँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजेदेखि हुने छ । सभामा आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्