२२ चैत्र २०७७, आईतवार

स्वावलम्बन लघुवित्तको सीईओमा उदयराज खतिवडा नियुक्त



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खतिवडालाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत भोजराज बश्यालले पौष ८ गते राजिनामा दिएका थिए । माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले बश्यालको राजिनामा माघ ९ गतेदेखि लागू हुने गरि स्वीकृत गरेको थियो । त्यसपछि चन्द्रमणि चौलागाँईलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।

बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेका हुन् । यससँगै नवनियुक्त सीईओ खतिवडाले आगामी चैत २६ गतेदेखि आफ्नो कार्यकाल सम्हाल्ने छन् ।


प्रतिक्रिया दिनुहोस्