चितवन मुक्तिनाथ मोटर र्यालीको उपाधी भीमबहादुरले हात पारे « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

चितवन मुक्तिनाथ मोटर र्यालीको उपाधी भीमबहादुरले हात पारे



चितवन । चितवन मुक्तिनाथ मोटर र्‍यालीको उपाधी भरतपुर १ लायन्सचोकका भीमबहादुर पुनले जितेका छन् । टीडीएस अर्थात टाइम, डिस्ट्यान्स र स्पिडको आधारमा १ सय ४० किलोमिटर दुरी सुरक्षित यात्रासहित तोकिएको मापदण्ड पुरा गरेका पुनले उपाधी हासिल गरेका हुन् । यस्तै र्यालीमा विराटनगरका कविन श्रेष्ठले दोश्रो स्थान हासिल गरेको कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए । विजेतालाई नेपाल अटोमोबाइल एसोसिएसनका केन्द्रिय उपाध्यक्ष अनिल बराल, कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पिया र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वकुमार श्रेष्ठले संयुक्त रुपमा उपाधी विजेतलाई शिल्ड र पुरस्कार प्रदान गरेका थिए ।

आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र जनचेतना फैलाउने लक्ष्य बोकेर ‘ ३ दिने मोटर र्‍याली ‘सेफ ड्राइभिङ अन हाइवे’ को मान्यतालाई आत्मसात गर्दै र्यालीले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको पियाले बताए । अन्तारीक पर्यटन प्रर्वद्धनसगैँ सुरक्षित यात्राको सन्देश दिन चितवनको भरतपुरबाट पहिलो पटक ३ दिने मोटर र्यालीमा २४ वटा गाडी सहभागी रहेको थियो । साथै मुस्तागंको लारजुगं स्थित कालीगण्डकी नदी तीरको मोटर जिम खानाको प्रतियोगितामा चितवन भरतपुरका विमलकुमार पौडेल प्रथम र रत्ननगर टाँडीका फरमान हमानी दोश्रो र भरतपुरका रविनकुमार श्रेष्ठ तेश्रो भएको चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वकुमार श्रेष्ठले बताए । साथै विजेतालाई भविष्यमा साउथ इस्ट एसियन जिमखाना प्रतियोगितामा सहभागिताका लागि पठाइने श्रेष्ठले जानकारी दिए ।

र्‍यालीका सहभागिहरुलाई विभिन्न ७ स्थानमा चेक प्वाइन्ट राखेर निगरानी समेत गरिएको थियो । चितवनको भरतपुररबाट सुरु भएको र्‍याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथमा पुगेर समापन गरिएको थियो । र्यालीला भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गरेका थिए ।

उद्योग वाणिज्य संघ चितवन, जश्मिन पेन्ट्स, एनवाईईएफ चितवन च्याप्टर र चितवनमा अवस्थित प्युजो गाडीको डिलर ओजोन मोटर्स, टाटा मोटर्सको डिलर सफल मोटर्स र इसुजु गाडीको डिलर कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, फोर्स मोट्र्स, टिभिएस मोटरसाईकलको मालश्री मोर्टस्, अर्ना वियर, जेएमी रेमिट, प्रभु बैक, एभेरेष्ट ईन्सुरेन्स आदिले समेत सहयोग गरेका थिए । चितवन र मुस्ताङ दुवै पर्यटकीय क्षेत्र हो । धार्मिक रुपमा समेत लोकप्रिय मानिएका चितवनको देवघाट र मुस्ताङको मुक्तिनाथलाई जोड्न र्यालीले सहयोग गरेको तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्