कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्य समिति चयन, अध्यक्षमा रविन्द्र श्रेष्ठ « Arthapath.com
३० चैत्र २०७७, सोमबार

कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्य समिति चयन, अध्यक्षमा रविन्द्र श्रेष्ठ



काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको ८ औं केन्द्रीय अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख अतिथित्वमा लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमाला बस्नेत, महासचिवमा कृष्ण प्रसाद प्याकुरेल चयन भएका छन् । त्यस्तैगरी उप-महासचिवमा धुर्व रेग्मी, सचिवमा वासु दाहाल, सह(सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी, सह-कोषाध्यक्षमा पशुपति दंगाल चयन भएका छन् । सदस्यहरुमा वालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हम बहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल, नारायण गिरी चयन भएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले संघले चाल्नुपर्ने कदमहरु, भावी रणनीति तथा युनियनको भूमिकाबारे प्रष्ट पार्दै एकाकार भई संगठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पूर्ण कर्मचारीहरुको हकहित, वृतिविकासका लागि अगाडी बढ्न नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानका कार्यसमितिलाई आग्रह गरे ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्मराज खनालले नवनियुक्त पदाधिकारीहरुलाई मार्गदर्शन गर्दै ट्रेड युनियन र श्रम ऐनको विधान भित्र रहेर आफ्ना कार्यक्रमहरु जोडतोडका साथ आफु माताहतका कार्यालयहरुमा व्यवस्थापनसंग सामुहिक सौदावाजी गरी कार्यन्वयनमा लैजान भूमिका खेल्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्