प्रधानमन्त्रीले खोले अनलाइनबाटै नेपाल बैंकमा खाता « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीले खोले अनलाइनबाटै नेपाल बैंकमा खाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनबाटै बैंक खाता खोलेका छन । आइतबार चौथो आईसिटी दिवसको अवसर पारेर बैंकमा खाता खोल्नुभएको हो ।

प्रधानमन्त्रीले नेपालको पहिलो बैंक नेपाल बैंकमा अनलाइनबाटै खाता खोलेका हुन । काठमाडौं उपत्यकालगायतका क्षेत्रहरुमा लकठाउन भैरहेको बला सरकारले आम नागरिकलाई घरैबाट बैंकिङ सेवा लिन आग्रह गरेको छ ।

प्रधानमन्त्रीले पनि आज बालुवाटारबाटै नागरिक एप मार्फत खाता खोल्नुभएको हो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक उद्घाटन गरेका छन्। चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्रीले उक्त एपको उद्घाटन गरेका हुन्।

हालसम्म करिब ५ लाख २५ हजारले उक्त एप डाउनलोड गरिसकेका छन्। जसमध्ये १ लाख९१ हजारले आफ्नो परितचय दर्ता गरेका छन्। ३ हजार बढीले प्रहरी क्लिरेनेन्स सेवा प्राप्त गरेका छन् भने १० हजारभन्दा बढीले स्थायी लेखा नम्बर प्राप्त गरेका छन्।

अधिकांश सरकारी सेवा दिने उद्देश्यले सरकारले विस २०७७ माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो। डिजिटल नेपालको परिकल्पनाअनुसार पछिल्लो समय सार्वजनिक तथा सरकारी सेवाहरू अनलाइनबाट सुचारु भएको छ।

फरक(फरक वेभसाइटहरुबाट भन्दा एउटै एपबाट सहज होस् भनेर सरकारले एकिकृत गर्न नागरिक एप ल्याएको हो। यसमा नागरिक पासपोर्ट र मतदाता कार्ड समावेश गर्न मिल्छ।


प्रतिक्रिया दिनुहोस्