महामारीसँग जुध्न नेपाललाई कोकाकोलाले साढे २ करोड सहयोग गर्ने « Arthapath.com
२० बैशाख २०७८, सोमबार

महामारीसँग जुध्न नेपाललाई कोकाकोलाले साढे २ करोड सहयोग गर्ने



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट हुनसक्ने विनाश घटाउने र महामारीसँग जुध्न कोकाकोलाले २ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान सहायता दिने प्रतिबद्धता जनाएको छ ।

नेपालमा कोका-कोलाले खोप अभियानमा समुदायलाई सहयोग गर्नेगरी सुरक्षित वस्त्र (पीपीइ), मास्क, पञ्जा र सेनिटाइजरजस्ता सुरक्षा सामग्री प्रदान गर्नेछ । खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभर जनचेतना फैलाउनमा पनि आफ्नो सहयोग रकम खर्च गर्ने कोकाकोलाले बताएको छ ।

कोभिड १९ को महामारीको रोकथाममा सहायता गर्न बहुराष्ट्रिय कम्पनी कोका-कोलाले विश्वव्यापी रुपमा एक विशेष कोषको सिर्जना गरेको छ । ‘स्टक द स्प्रेड’ अर्थात् महामारीको विस्तार रोकौं भन्ने नाममा स्थापित यो कोषले स्वास्थ्य उपकरणको सहायता गर्ने र महामारी विरुद्ध जनचेतना फैलाउनमा काम गरिरहेको छ । नेपाललाई पनि यही कोष अन्तरगतको सहायता दिन लागेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्