पाँचथर पावर कम्पनीको सूचकमा गिरावट, नाफा ५५.५२ प्रतिशत र विद्युत बिक्री आम्दानी १२.९८ प्रतिशतले घट्यो « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

पाँचथर पावर कम्पनीको सूचकमा गिरावट, नाफा ५५.५२ प्रतिशत र विद्युत बिक्री आम्दानी १२.९८ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँचथर पावर कम्पनीको २ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ६ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवमा ५५.५२ प्रतिशतले नाफा घटेको हो ।

त्यस्तै, यस अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी पनि १२.९८ प्रतिशतले घटेर २६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोहि अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ३० करोड ७५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको रिजर्भ १५ करोड ७२ लाख रुपैयाँ रहेकोमा घटेर ११ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ । यस अवधिमा चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) १२.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने ८८.५१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्