बरुण हाइड्रोपावरको नाफामा ५४.९४ प्रतिशतले ह्रास आयो « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

बरुण हाइड्रोपावरको नाफामा ५४.९४ प्रतिशतले ह्रास आयो



काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनीको नाफा ५४.९४ प्रतिशतले घटेर ५२ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३०.१३ प्रतिशत घटेर ४ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ६ करोड ५५ लाख रुपैयाँ रहेको आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको रिजर्भको आकार पनि ३१.०७ प्रतिशतले घटेर ८० लाख ६६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको रिजर्भमा १ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, चुक्ता पूँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) ४.०२ रुपैयाँ र पीई रेसियो ६१.७५ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १०३.०१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्