इन्फिनिटी लघुवित्तको १६६ प्रतिशत र सञ्चालन नाफा १४८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ४८.३७ रुपैयाँ « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

इन्फिनिटी लघुवित्तको १६६ प्रतिशत र सञ्चालन नाफा १४८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ४८.३७ रुपैयाँ



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६५.९० प्रतिशत बढेर १२ करोड ६० लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा ४ करोड ७४ लाख १८ हजार रुपेयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७७.१९ प्रतिशत बढेर २७ करोड ५० लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १५ करोड ५१ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १४७.८४ प्रतिशत बढेर १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ७ करोड ५२ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर २६ करोड ६ लाख ५० हजार रुपैयाँ, जगेडा कोष १११.७० प्रतिशत बढेर १६ करोड ५८ लाख ७९ हजार रुपैयाँ, निक्षेप संकलन ४२.८७ प्रतिशत बढेर ८७ करोड ४३ लाख ९८ हजार रुपैयाँ र कर्जा लगानी ६३.१५ प्रतिशत बढेर ३ अर्ब १८ करोड ७४ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५८ पैसाले बढेर ४८ रुपैयाँ ३७ पैसा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ भने १६३ रुपैयाँ ६४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्