विजय लघुवित्तको नाफा शतप्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ४४.४३ रुपैयाँ पुग्यो, अन्य सूचक कस्ता ? « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

विजय लघुवित्तको नाफा शतप्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ४४.४३ रुपैयाँ पुग्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०३.७२ प्रतिशत बढेर ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ८१ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ७४.२५ प्रतिशत बढे ३८ करोड १ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा लघुवित्तले सञ्चालन मुनाफा ७९.१३ प्रतिशत बढेर १५ करोड ६८ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको सम्भावित जोखिममा १६७.६९ प्रतिशतले बढाएर १० करोड २३ लाख ६४ हजार रुपैयाँ व्यवस्था गरेको छ । लघुवित्तको गत असार मसान्तसम्म खराब कर्जा २ करोड ९१ लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ, जगेडा कोष ६२.५९ प्रतिशत बढेर १७ करोड ३३ लाख ८२ हजार रुपैयाँ, सापटी ६.८० प्रतिशत बढेर २ अर्ब ९० करोड २३ लाख ७८ हजार रुपैयाँ, निक्षेप २५.०७ प्रतिशत बढेर ९९ करोड ३९ लाख ८ हजार रुपैयाँ र कर्जा २३.८२ प्रतिशत बढेर ४ अर्ब ३१ करोड ७९ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४८ पैसा बढेर ४४ रुपैयाँ ४३ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्