एनआईबिएल समृद्धि फण्ड–१ को आज नेप्सेमा अन्तिम कारोबार « Arthapath.com
२२ पुष २०७८, बिहीबार

एनआईबिएल समृद्धि फण्ड–१ को आज नेप्सेमा अन्तिम कारोबार



काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ को बिहीबार नेप्सेमा कारोबार हुने अन्तिम दिन रहेको छ ।

यस योजना पुस २३ गते शुक्रबार परिपक्क हुन लागेकाले आजसम्म मात्र यस योजनाको इकाई नेप्सेमा कारोबार हुनेछ । यसअनुसार बिहीबारसम्म इकाई खरीद गरी कायम रहने इकाइधनीले मात्र योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी फिर्ता पाउनेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ म्युचुअल फण्ड परिपक्व भएको छ । ७ बर्षको अवधि पुरा भएर पौष २२ गते परिपक्व हुने क्यापिटलले जनाएको छ । समृद्धि फण्ड–१ को ७ बर्षको अवधि पौष २२ गते पुरा हुने भएको हो । एनआईबिएल क्यापिटलले २३ पौष २०७१ मा बिक्री खुला गरेको थियो ।

क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँका दरले १० करोड ईकाई बिक्री गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक रहेको उक्त समृद्धि फण्डको अन्तिम कारोबार पौष २२ गतेका दिन बैंकिङ समयसम्म हुनेछ । उक्त फण्डको इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

क्यापिटलले समृद्धि फण्ड–१ का शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । उक्त फण्डका शेयरधनीहरुले आर्थिक बर्ष २०७२–७३ देखि गत आर्थिक बर्ष २०७७–७८ सम्म कूल ९९ प्रतिशत लाभांश पाएका छन् ।आव २०७२–७३ मा १५ प्रतिशत, आव २०७३–७४ मा १८ प्रतिशत, आव २०७४–७५ मा १२ प्रतिशत, आव २०७५–७६ मा ६.५ प्रतिशत, आव २०७६–७७ मा १२ प्रतिशत र गत आव २०७७–७८ मा ३५ प्रतिशत गरी कूल ९८.५ प्रतिशत नगद लाई वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्