सिभिल क्यापिटलको १३ औं वार्षिक साधारण सभा सम्पन्न, चालु आवमा उच्च लाभांश वितरण गर्ने दाबी « Arthapath.com
२६ पुष २०७८, सोमबार

सिभिल क्यापिटलको १३ औं वार्षिक साधारण सभा सम्पन्न, चालु आवमा उच्च लाभांश वितरण गर्ने दाबी



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा पौष २३ गते आइतबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।

विगत १३ वर्षदेखि संचालन भइरहेको सिभिल क्यापिटलले निरन्तर रुपमा लाभांश प्रदान गर्दै आइरहेको छ । तर आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्न सक्ने क्षमता भए पनि संस्थाको मजबुतिकाका लागि आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लाभांश वितरण नगरी सम्पुर्ण नाफा रकम जगेडा कोषमा सार्ने प्रस्ताव पारित गरिएको छ ।

चालु आव २०७८।०७९ मा शेयरधनीहरुलाई उच्च प्रतिफलको लाभांश वितरण गर्न संस्था सफल हुने कुरामा साधारणसभाले शेयरधनीहरुलाई विश्वास गराएको छ ।

सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृती लिई विभिन्न सेवाहरु संचालन गर्ने प्रस्तावह? समेत स्वीकृत गरेको छ ।

सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गर्ने जनाएको छ । निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, १ लाद ५ हजाभन्दा माथि डीम्याट (डीपी) सेवा, नौ वटा कम्पनीको शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जनाकारी दिए ।


प्रतिक्रिया दिनुहोस्