मुक्तिनाथ कृषि कम्पनीको आईपीओलाई बीबी माइनस रेटिङ प्रदान « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

मुक्तिनाथ कृषि कम्पनीको आईपीओलाई बीबी माइनस रेटिङ प्रदान



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)ले रेटिङ पाएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न भएको हो ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्