फागुन ३० देखि एकीकृत कारोबार गर्न लागेका वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच कुन बलियो ? « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

फागुन ३० देखि एकीकृत कारोबार गर्न लागेका वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच कुन बलियो ?



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्वन्धि अन्तिम सम्झौता गरिसकेका छन् । वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि पौष २९ गते बिहीबार अन्तिम सम्झौता भएको हो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ बमोजिम गाभ्ने–गाभिनका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भईसकेको हो ।

मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै संस्था १ः१ स्वाप रेशियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल सूर्योदय लघुवित्तका सीईओ रहेका मोक्ष प्रसाद पंगेनी बन्नेछन् भने अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान बन्ने सहमति भएको छ । वोमी लघुवित्तका सीईओ प्रमेश आचार्य नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने गरी राष्ट्र बैंकलाई कार्ययोजना पेश गरेको वोमी लघुवित्त वित्तीय संस्थाका सीईओ प्रमेश आचार्यले बताए ।

दुवै संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार वोमी र सुर्योदय लघुवित्तबीच कुन सूचकमा कुन बलियो भनेर यहाँ तुलना गर्न खोजिएको छ ।

खुद नाफा
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा वोमी लघुवित्तले ८ करोड ७७ लाख ९ हजार रुपैयाँ र सूर्योदय लघुवित्तले ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी
वोमी लघुवित्तले २० करोड ७४ लाख २४ हजार रुपैयाँ र सूर्योदय लघुवित्तले १६ करोड १९ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सञ्चालन मुनाफा
वोमी लघुवित्तको १३ करोड ६५ लाख ७७ हजार रुपैयाँ रहेको छ भने सूर्योदय लघुवित्तको ४ करोड १० लाख ३२ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी
वोमी लघुवित्तको ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेको छ भने सूर्योदय लघुवित्तको २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोष
वोमी लघुवित्तको ३० करोड ८६ लाख ६३ हजार रुपैयाँ रहेको छ भने सूर्योदय लघुवित्तको जगेडा कोष १९ करोड ५८ लख १८ हजार रुपैयाँ रहेको छ ।

सापटी
वोमी लघुवित्तको ३ अर्ब ६ करोड ९१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने सूर्योदय लघुवित्तको सापटी ३ अर्ब १६ करोड २७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

निक्षेप
वोमी लघुवित्तको २ अर्ब १४ करोड ६६ लाख ९ हजार रुपैयाँ रहेको छ भने सूर्योदय लघुवित्तको निक्षेप १ अर्ब ७१ करोड ४१ लाख १ हजार रुपैयाँ रहेको छ ।

कर्जा
वोमी लघुवित्तको ५ अर्ब ६९ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ भने सूर्योदय लघुवित्तको कर्जा ५ अर्ब ३ करोड ४४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी
वोमी लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७९ पैसा रहेको छ भने सूर्योदय लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३९ रुपैयाँ ५५ पैसा छ ।

मूल्य आम्दानी अनुपात
वोमी लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.७९ गुणा रहेको छ भने सूर्योदय लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.५५ गुणा रहेको छ

प्रतिशेयर नेटवर्थ
वोमी लघुवित्तको प्रतिशेयर नेटवर्थ १६२.४४ रुपैयाँ रहेको छ भने सूर्योदय लघसवित्तको प्रतिशेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ ।

मर्जरपश्चात सूर्याेदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुग्नेछन् । यता मर्जर पश्चात बन्ने सूर्याेदय वोमी लघुवित्तमा कर्मचारी संख्या १ हजार भन्दा धेरै हुनेछन् भने शाखा १९१ वाट पुग्ने छन् ।


प्रतिक्रिया दिनुहोस्