डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमईको आग्रह, नविकरण नगरे खाता रोक्का हुने « Arthapath.com
२६ जेष्ठ २०७९, बिहीबार

डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमईको आग्रह, नविकरण नगरे खाता रोक्का हुने



काठमाडौँ । डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १ सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको छ ।

शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा कनेक्ट आइपीएस, इ सेवा, आइएमई पे, प्रभु पेबाट डिम्याट खाता नविकरण शुल्क तिर्न सक्ने क्यापिटलले जनाएको छ ।

तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीको खाता सिस्टमबाट रोक्का हुने क्यापिटलले जनाएको छ ।

त्यसैगरी मेरो शेयर लिगेका ग्राहकहरुले सेवा सुरु गरेको १ वर्षभित्र नविकरण गनुपर्ने र नविकरण नगरेमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।

यस्तो छ क्यापिटलले जारी गरेको सुचना


प्रतिक्रिया दिनुहोस्