नेपाल टेलिमकले कमायो सवा २ अर्ब बढी नाफा: घट्यो इपीएस, अन्य सूूचक कस्ता ? « Arthapath.com
३० कार्तिक २०७९, बुधबार

नेपाल टेलिमकले कमायो सवा २ अर्ब बढी नाफा: घट्यो इपीएस, अन्य सूूचक कस्ता ?



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७९/८० पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले असोज मसान्तसम्ममा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा भने १.५२ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको आम्दानी पनि घटेको छ । गत वर्षको असोज मसान्तसम्म ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, यस वर्षको पहिलो त्रैमासमा भने कम्पनीको आम्दानी ७.१४ प्रतिशतले घटेर ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले जगेडा तथा कोषमा भने ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसाले घटेर ४९ रुपैयाँ ४६ पैसा कायम भएको छ। यस्तै, प्रतिसेयर नेवटर्थ भने ५४० रुपैयाँ ५१ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्