भूकम्प पिडितलाई सानिमा बैंकद्वारा २५ लाख सहयोग « Arthapath.com
२० कार्तिक २०८०, सोमबार

भूकम्प पिडितलाई सानिमा बैंकद्वारा २५ लाख सहयोग



काठमाडौँ । कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट भएको क्षतिपछि सानिमा बैंकले २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो । विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकले उक्त रकम दिने भएको हो ।

बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्