गरिमा क्यापिटल र रिलायन्स फाइनान्सबिच ग्राहक सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

गरिमा क्यापिटल र रिलायन्स फाइनान्सबिच ग्राहक सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता



काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड बिच ग्राहक सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

उत्त सम्झौता बमोजिम रिलायन्स फाइनान्स लिमिटेडको ग्राहक वर्ग, कर्मचारी, सेयरधनी तथा सम्बन्धित सबैलाई क्यापिटलको तर्फबाट डिम्याट मेरोशेयर खाता सम्बन्धित सम्पुर्ण सेवाहरु जस्तै डिम्याट मेरो शेयर खाता खोल्ने नविकरण गर्ने छ ।

साथै, सेयरहरुको अभौतिकीकरण गर्ने BO to BO Transfer गर्ने र लगानी व्यवस्थापन सँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने र गरिमा क्यापिटल लिमिटेडका ग्राहक वर्ग कर्मचारी शेयरधनी तथा सम्बन्धित सबैलार्ई रिलायन्स फाइनान्स लिमिटेडबाट बैंक खाता खोल्नेरमुद्दतीरकर्जा सँग सम्बन्धित सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस्