अल्टिमा लाइफस्टाइल बन्यो अहिले सम्मको सबैभन्दा छिटो कारोबार वृद्धि गर्ने नेपाली एसेसरिज ब्रान्ड « Arthapath.com
१० पुष २०८०, मंगलवार

अल्टिमा लाइफस्टाइल बन्यो अहिले सम्मको सबैभन्दा छिटो कारोबार वृद्धि गर्ने नेपाली एसेसरिज ब्रान्ड



काठमाडौँ । अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७०० प्रतिशतले वृद्धि गरी सबै रेकर्ड तोडेको छ । यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगतै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ ।

यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो । प्रमुख छनोट मापदण्डहरुमा जोड दिँदै, यो प्रतिष्ठित अवार्डले दराज मार्केटप्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ । आफ्नो उल्लेखनीय विक्री अांकडा, ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको छ । यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमा अल्टिमाको उपस्थितिलाई बलियो बनाउँछ र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ ।

दराजको सेलर अफ द इयर अवार्डको छनौट मापदण्ड
ग्राहक अनुभवः अल्टिमा लाइफस्टाइलले ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै, एक उत्कृष्ट किनमेल अनुभव प्रदान गरेको छ ।

नयाँ पहलहरूः कम्पनीले नयाँ उत्पादनहरू, अभियानहरू, र पहलहरू सुरु गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गरेको छ ।

अर्डरहरूः अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा अत्यधिक २६,०००+ अर्डरहरू प्राप्त गरेको छ, जसमा नोभेम्बरमा मात्र उल्लेखनीय १३,०००+ अर्डरहरूसहित, त्यस महिनामा अन्य विक्रेताहरु माझ उच्चतम अर्डरहरूको लागि रेकर्ड कायम गरेको छ ।

कुल व्यापारिक मूल्यः कम्पनीको कुल व्यापारिक मूल्यगत वर्षको तुलनामा २०२३ मा ७००% ले असाधारण वृद्धि गरि व्यापारको बलियो प्रदर्शन गरेको छ ।

वार्षिक वृद्धिदरः अल्टिमा लाइफस्टाइलले निरन्तर सुधार र विस्तारको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै, वार्षिक कारेबारमा वृद्धि गरेको छ ।

२०२३ मा अल्टिमाका मुख्य उपलब्धिहरूः
अल्टिमाले सन् २०२२ फेब्रुअरी देखि दराज यात्रा सुरु गरेको थियो र यही वर्ष नै आफ्नो अफिसियल वेवसाइट पनि शुरु गरेको थियो । यो छोटो अवधिमा अल्टिमाले सबै विधामा जम्मा १९,०००+ बिक्रेताहरू मध्ये उत्कृष्ट रही यो उपाधि जितेको छ साथैे नोभेम्बरमा दराजमा सबैभन्दा धेरै बिक्री गरेको रेकर्ड पनि राख्न सफल भएको छ । सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५००% भन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ ।

अबका दिनहरुमा अझै केही नयाँ क्याटेगरीहरू आरम्भ पनि हुनेछन् । हाल टिडब्लुएस, स्मार्टवाच, पावरब्याङ्क र स्पिकर बजारमा उपलब्ध गर्दै आएकोमा, गेमिङ क्षेत्रमा प्रवेश गर्ने भावी योजना रहेकोसाथै अधिक बहु उपयोगी साउंड आउटपुट सोलुसनहरु, र अझ महत्वपूर्ण रूपमा, एक्सेसरीहरुका प्रिमियम सेगमेन्ट ल्याउने योजना रहेको छ । कम्पनी ब्रान्ड म्यानेजर श्री अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन्, जसमा नयाँ वर्ष २०२४ को शुरुवात नै पहिलो लन्चबाट हुनेछ । उनले अल्टिमा लाइफस्टाइलले २०+ आधिकारिक स्टोरहरू खोल्ने सुनिश्चित गर्दै बहुप्रतिक्षित अल्टिमा एक्सचेन्ज मेला २.० सहित र केही रोमाञ्चक अनलाइन र अफलाइन मेला प्रस्तुत गर्ने आश्वासन पनि दिएका छन् ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्नेमा गर्व गर्दछ, आफुलाई अग्रणी आईओटी ब्रान्डको रूपमा स्थापित गर्न आफ्ना उत्पादनहरुमा उचित मूल्य अनुपात स्तरीय कार्यसम्पादन प्रस्तुत गर्दछ । ग्राहकको सन्तुष्टिप्रति ब्रान्डको प्रतिबद्धताले नेपालमा वफादार ग्राहक आधार बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्