आहा रारा गोल्ड कपको सेमी फाइनल र फाइनल म्याच डिशहोम गो मा हेर्न सकिने  « Arthapath.com
१८ माघ २०८०, बिहीबार

आहा रारा गोल्ड कपको सेमी फाइनल र फाइनल म्याच डिशहोम गो मा हेर्न सकिने 



काठमाडौँ । कास्कीको पोखरामा जारी २३ औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ ।

सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा बिहीबारको सेमिफाइनल र शनिवारको फाइनल खेल प्रत्यक्ष प्रसारण हुने छ । 

सेमिफाइनलमा आज  ए डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय क्लब त्रिभुवन आर्मी भिड्दै छन् । आजको विजेताले शनिवार थ्री स्टारसँग उपाधि भिडन्त गर्ने छ । थ्री स्टारले जावलाखेल यूथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 


प्रतिक्रिया दिनुहोस्