धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, १५ दिने म्याद राखेर दरखास्त आव्हान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको छ । अध्यक्ष पदका लागि दरखास्त आव्हान गरिएको हो ।
बोर्डले रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागेको छ । उक्त पदका लागि इच्छुक योग्य नेपाली नागरिकहरुले गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिन भित्र अर्थात् फागुन ३० गतेभित्र कार्यालय समयमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्व्य महाशाखामा दिनुपर्नेछ ।
कार्यविधि अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नाकोत्तर उपाधि हासिल गरि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
आवश्यक शैक्षिक योग्यता, अनुभव र कागजात के-के ?
