नेपाल हाइड्रो डेभलोपरको सिइओमा दोहोरिए ढुंगाना
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) शेष कुमार ढुंगाना दोहोरिएका छन् । उनी दोस्रो कार्यकालका लागि सिइओमा पुन: नियुक्ति भएका हुन् ।
कम्पनीको फागनु १७ गते बसेको संचालक समितिको बैठकले ढुंगानालाई सिइओमा पुन: नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ३ वर्षको हुनेछ । उनलाई फागुन २० गतेदेखि नै लागू हुनेगरि नियुक्ति गरिएको हो ।