लघुवित्तबाट लिएको कर्जा तिर्नै पर्छः गुरु पौडेल « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

लघुवित्तबाट लिएको कर्जा तिर्नै पर्छः गुरु पौडेल



काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले लघुवित्तबाट लिएको कर्जा तिर्नै पर्ने बताएका छन् । बुधवार मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलान्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मर्जर कार्यक्रममा बोल्दै पौडेले लघुवित्तबाट लिएको कर्जा राष्ट्र बैंक डुब्न नदिने बताए । 

पौडेलले भने ‘अहिले बजारमा अनेक हल्ला र अफवाहहरू फैलिएको र कर्जा लिए पछि कुनै पनि हालतमा तिर्नै पर्छ’, ‘केही ऋणीहरूलाई समस्या परेको हुन सक्छ’, यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले ऋणीहरूको लागि कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरणको सुविधा दिनको लागि वित्तीय संस्थाहरूलाई निर्देशन  जारी गरेको बताए ।  

दुई लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । काठमाण्डौं स्थित होटल एल्लो प्यागोडामा एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।  

एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रमुख अतिथि पौडेलले मर्जरले दुई संस्था अझै सबल र अग्रणी बन्दै गएकोमा शुभकामना दिए । कार्यक्रममा बोल्दै माइक्रो फाइनान्स एसोसिएसन नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले मर्जरमा समस्याहरू तथा राम्रा पक्षहरू पनि हुने र राम्रा पक्षहरूलाई लिएर अगाडी बढ्न सकेमा लघुवित्त वित्तीय संस्थाहरू नमुनाको बन्ने र बजारमा नकारात्मक हुने बताए । 

नेपाल लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष राम बहादुर यादवले अब लघुवित्तहरू बलियो बन्नको लागि मर्जर र एक्विजिशनको विकल्प नभएको र लघुवित्त वित्तीय संस्था परिष्कृत बनाएको लागि राष्ट्र बैंकले मर्जरको राम्रो पोसिली ल्याएको र अब सीमित लघुवित्त वित्तीय संस्थाहरू रहनु पर्नेमा दुई मत नभएको बताए ।

कार्यक्रममा साबिक नेरुडे लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष डा. भेष प्रसाद धमलाले अहिले लघुवित्त क्षेत्रमा ग्रहण लागेको अवस्थामा अब बिस्तारै उज्यालो हुँदै जावस शुभकामना दिए  ।

दुई संस्थाको एकीकृत कारोबार पश्चात् चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ करोड ६४ लाख ५ सय ४५ रुपैंयाको रहेको छ भने एकीकृत कारोबार पश्चात् संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा रहने भएको छ । 

मर्जर पश्चात् दुवै संस्थाको गरी २६० भन्दा बढी शाखा सञ्जाल रहनेछ भने १,२०० भन्दा बढी कर्मचारीहरू सहित लघुवित्त क्षेत्रमा सबै भन्दा बढी कर्मचारीहरू रहेको संस्था बनेको छ ।


प्रतिक्रिया दिनुहोस्