ग्लोबल आईएमई लघुवित्तद्धारा श्री आधारभूत विधालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण « Arthapath.com
११ असार २०८१, मंगलवार

ग्लोबल आईएमई लघुवित्तद्धारा श्री आधारभूत विधालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



काठमाडौ । ग्लोबल आईएमई लघुवित्तले चितवन जिल्लाको कालिका नगरपालिका वडा नं ०८ न्युरेनीमा अवस्थित श्री आधारभूत विधालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

लघुवित्तले करिब १२० जना विद्यार्थिहरुका लागि ब्याग, कपी र सिसाकलम जस्ता शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

सोमबार विद्यालयमा आयोजित शैक्षिक समाग्री वितरण कार्यक्रमा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, वडा नं. ८ का वडा अध्यक्ष चित्र बहादुर मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङगाना एवं ग्लोबल आइएमई लघुवित्त सामान्य सेवा विभागका प्रमुख जयनारायण शर्मा, अनुगमन स्टेसन प्रमुख विनोद खतिवडा तथा शाखा कार्यालय खोलेसिमलका प्रमुख सविन आचार्य लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले स–साना विद्यार्थिहरुको पठनपाठनमा वित्तीय संस्थाले पु¥याएको योगदान महत्वपुर्ण रहेको बताँउदै वित्तीय संस्थाप्रति आभार प्रकट गरे ।

त्यस्तै, उपप्रमुख तामाङले ग्रामिण समुदायका बालबालिका अध्ययनरत सामुदायिक विद्यालयमा गरिएको शैक्षिक सहयोगले उनिहरुको शैक्षिक गुणस्तर विकासमा थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै वित्तीय संस्थाका विभागिय प्रमुख शर्माले संस्थाका सदस्यहरु माझ आर्थिक कारोवार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सिप विकास र आयआर्जनका लागि लघुवित्तले सामाजिक उत्तर दायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष ढुङगानाले विद्यालयमा यस खालका शैक्षिक सामग्रि वितरण कार्यक्रम आयोजना गरि बालवालिकाको शैक्षिक उन्नयनमा सस्थाले गरेको सहयोगका लागि धन्यवाद दिँदै, आगामी दिनमा समेत यस खालका सहयोगको अपेक्षा गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्तले देशका ५४ जिल्लामा १२० वटा शाखा कार्यालय मार्फत करिब १ लाख ५३ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्