लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्टले १६ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
कम्पनीको साधारणसभा आगामी कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।