आइसिएफसि फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट
काठमाडौं । आइसिएफसि फाइनान्सका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त साझेदारिमा फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ्ग र वन्डर्स नेपालको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार फाइनान्सका ग्राहकहरुलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।