एसओएस बालग्रामका लागि एसओएस आमा तथा आण्टीहरुको आवश्यकता « Arthapath.com
२ चैत्र २०७६, आईतवार

एसओएस बालग्रामका लागि एसओएस आमा तथा आण्टीहरुको आवश्यकता



काठमाडौं । सबै बालबालिकाका लागि मायालु घर एसओएस बालग्राम नेपालले कर्मचारी माग गरेको छ । एसओएस बालग्राम नेपाल, पारिवारिक संरक्षण बिहीन तथा परिवारको संरक्षणबाट बञ्चित हुने अवस्थामा रहेका बालबालिकाहरुका लागि विगत ४८ वर्षदेखि कार्यरत बालहितकारी सामाजिक संस्था हो ।

यस संस्थाले १० बालग्राम सहित ४४ परियोजना मार्फत देशका विभिन्न भागमा लक्षित समूहका बालबालिकाहरुका निम्ति सेवा पुर्याईरहेको छ ।

बालग्रामका बालबालिकाहरुका लागि गुणस्तरीय स्याहार प्रदान गर्नका निम्ति एसओएस आमा तथा आण्टीहरुको आवश्यकता भएको हुनाले इच्छुक एकल (अविवाहितरविधवा र पारपाचुके गरेका) तथा लामो समयसम्म बालग्राममा रही बालबालिकालाई आफ्नै सन्तान सरह हुर्काउन चाहने महिलाका लागि १२ महिने तालिम संचालन गरिने भएकोले सो तालिममा समावेश हुन निवेदन आह्वान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्