कोरोनाप्रति टेकु अस्पताल हाइ अलर्ट, माग्यो ४४ स्वास्थ्यकर्मी

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसप्रति स्वास्थ्य मन्त्रालय थप सचेत बनेको छ । आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका विरामीको चेक जाँच गर्न ४४ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
अस्पतालले आज कान्तिपुर दैनिकमा एक सूचना प्रकाशित गारी कोरोना भाइरस संक्रमितको उपचार गर्न ४४ स्वास्थ्यकर्मी ३ महिनाका लागी अस्थाई माग गरेको छ ।
माग गरिएका जनशक्तिमा आवेदकले ५ दिनभित्र आवेदन आह्वान गरिएको छ । अस्पतालले कन्सल्टेन्ट नेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्सलगायत स्वास्थ्यकर्मी माग गरेको हो ।