कोरोनाकालको एक वर्षमा २३ करोड भारतीय गरिबीमा धकेलिए, नेपालमा भने स्पस्ट तथ्यांक नै छैन « Arthapath.com
२३ बैशाख २०७८, बिहीबार

कोरोनाकालको एक वर्षमा २३ करोड भारतीय गरिबीमा धकेलिए, नेपालमा भने स्पस्ट तथ्यांक नै छैन



काठमाडौं । नेपालमा कोरोना भाइरस महामारीका कारण कति मान्छे गरिबीमा धकेलिए भन्ने स्पस्ट तथ्यांक पाइन्न । सरकारी निकाय र स्वतन्त्र अनुसन्धान संस्थाहरुले पनि यसमा भरपर्दो अध्ययन गरेका छैनन । तर हाम्रोजस्तै सामाजिक आर्थिक परिवेश भएको छिमेकी भारतबाट भने नेपालमा पनि कुन हदसम्म गरिबी बढ्नसक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

कोरोना भाइरस महामारीका दौरान वितेको एक वर्षमा २३ करोड भारतीय गरिबीको रेखामुनि धकेलिएको रिपोर्ट सार्वजनिक भएको छ । भारतको लोकप्रिय पत्रिका ‘दी इकोनोमिक टाइम्स’ले अजीम प्रेमजी विश्वविद्यालयको एक प्रतिवेदनलाई आधार मानेर यस्तो आँकडा सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनले भारतको ग्रामीण क्षेत्रमा १५ प्रतिशत र शहरी क्षेत्रमा २० प्रतिशतको दरले गरिबी बढेको उल्लेख गरेको छ । यसबा अलवा कोरोना महामारीबाट जोगिन लागू गरिएको बन्दाबन्दीका कारण आर्थिक गतिविधि घट्दा मान्छेहरुको आम्दानी पनि निकै कम भएको छ । ‘स्टेट अफ वर्किङ इण्डिया २०२१ः वान इयर अफ कोभीड १९’ नामक उक्त प्रतिवेदनले भविष्यमा पुनः बन्दाबन्दी गर्ने हो भने यो हालत अझै खराब हुने उल्लेख गरेको छ ।

उक्त प्रतिवेदनले महामारीका कारण भारी मात्रामा बेरोजगारी बढेको पनि औंल्याएको छ । महामारी शुरु हुनुभन्दा पहिलेको अवस्थासँग तुलना गर्दा २०२० को अन्त्यसम्म १ करोड ५० लाख मजदूरको नोकरी गुमेको उल्लेख छ । मानिसहरुको आम्दानी पनि त्यसरी नै घटेको छ ।

जनवरी २०२० मा प्रतिव्यक्ति औसत आम्दानी ५ हजार ९ सय ८९ रुपये रहेकामा अक्टोबरसम्म यस्तो आम्दानी घटेर ४ हजार ९ सय ७९ मा झरेको थियो । हालैका दिनमा त कोभीड १९ को दोस्रो लहरले भारतको जनजिविकामा अझै ठूलो असर पारिरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्