कमल पौडेलको नेतृत्वमा राष्ट्रिय अविस्कार केन्द्र जुट्यो ४ लाख सहयोग « Arthapath.com
१६ जेष्ठ २०७८, आईतवार

कमल पौडेलको नेतृत्वमा राष्ट्रिय अविस्कार केन्द्र जुट्यो ४ लाख सहयोग



काठमाडौं । हाल क्यानडा मा बस्दै आउनु भएका बर्दिया पशुपतिनगर, पथरैया निवासी कमल पौड्यालको पहलमा राष्ट्रिय आविश्कार केन्द्रलाई ४ लाख सहयोग जुटेको छ ।

पौडेलसहित सरोज मल्ल, सम्भु मझुवाली, गोकर्ण थापा र सन्तोष थारुको अगुवाईमा क्यानडामा बस्ने नेपालीहरुले ५६ जना बाट कोष संकलन गरि राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग जुटाएका हुन ।

सहयोग रकम ४७१० क्याडेडियन डलर करिब ४ लाख रुपैया बराबर सहयोग उपलव्ध भएको हो । नेपालमा फैलिएको कोरोना महामारीमा राष्ट्रिय अविस्कार केन्द्रले अक्सिजन आपूर्ति सहज गर्नको लागी सहयोग गरेको क्यानाडा निवासी कमल पौड्यालले बताए । आफुहरुको सानो सहयोगले राष्ट्रिय अविस्कार केन्द्रलाई स्रोत जुटाउन सहयोग हुने र अरुलाई प्रेरणा पनि हुने कुरामा बिस्वस्त भएको पौड्याल ले बताए ।


प्रतिक्रिया दिनुहोस्