जागिरभन्दा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो, यसरी गर्नुहोस् व्यवसाय दर्ता « Arthapath.com
५ माघ २०७८, बुधबार

जागिरभन्दा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो, यसरी गर्नुहोस् व्यवसाय दर्ता



मानमति पन्त

काठमाडौं । अहिलेको युग प्रतिस्पर्धाको युग हो । मानिस अगाडी बढ्न अनेक उपायहरु रचि रहेका हुन्छन् । धेरै मानिस उत्तम जागिर, मध्यम व्यापार ठान्छन् । व्यापारभन्दा जागिर रोज्ने मानिस धेरै छन् ।

जागिरले नै शान, मान र दाम तीन वटै चिज पाइने हुँदा अन्य पेशा व्यवसायमा त्यति धेरैको मन जाँदैन । तर, अहिले पहिलेको जस्तो छैन । जागिरभन्दा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो रहेको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदिप राज अधिकारी बताउँछन् ।

सरकारी तथा गैरसरकारी जागिर छोडेर आफ्नै लगानीमा व्यवसाय गर्नेको लर्को नै लागेको अधिकारीले जानकारी दिए । यतिमात्र होइन, वैदेशिक रोजगारबाट फर्किनेले कि व्यापार कि व्यवसाय सुरू गर्न थालेका छन् ।

अधिकारीका अनुसार, अहिले लगभग २०० वटा नयाँ कम्पनीहरु दैनिक रुपमा नयाँ दर्ता गर्दै आएका छन् । यसले के बुझाउँछ कि नयाँ युवाहरु व्यवसाय प्रति चासो बढाउन थालेको हो की भन्ने उनले अनुमान सम्म गरेको सुनाए । गत आर्थिक बर्ष २६ हजार ६७ वटा नयाँ कम्पनी दर्ता भएका थिए ।

चालु आवको ६ महिनामा १६ हजार ५१० वटा नयाँ कम्पनी दर्ता भएका छन् । उनी भन्छन्, यो आव भित्रै ३५ हजार नयाँ कम्पनीहरु दर्ता हुनसक्ने सम्भावना रहेको छ । हालसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा २ लाख ७८ हजार कम्पनीहरु दर्ता भएका छन् ।

अझै पनि कतिपय दर्ता पक्रियामा नै अल्झिएर बर्ष महिनौ लाग्ने गरेको उनले बताए । टाँढाबाट कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्न आउने तर पक्रिया पुगेन भनेर फिर्ता गर्ने गरेको थियो । अहिले अनलाइन पक्रियामा गएर त्यस्ता समस्याहरु सहज हुदैँ गइरहेको छ ।

हामी कम्पनी रजिष्ट्रार कार्यालयलाई पेपर लेस बनाउँदै छौ । अहिले लगभग ८० प्रतिशत पेपर लेस बनाउने क्रममा २० प्रतिशत अझै कागजी प्रक्रियामा रहेको छ । त्यसलाई पनि चाँडै पेपरलेसमा जाने गरेको उनले जानकारी दिए ।

नेपालमा व्यवसाय सुरुवात कसरी गर्ने भन्ने कुरामा नयाँ व्यवसायीलाई अलमल परिरहेको हुन सक्ने रजिष्ट्रार अधिकारीले बताए । उनले केही सहज तरिका जानकारी दिएका छन् ।

नेपालमा व्यवसाय दर्ता गर्ने सामान्य तरिका

नेपालमा व्यवसाय गर्न कम्पनी खोली वा कम्पनीको शेयर पूँजी राखी प्राईभेट कम्पनी/पब्लिक कम्पनी/मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गरी व्यावसाय गर्नु परेमा कम्पनी दर्ता गर्नु पर्दछ ।

यदि विदेशमा स्थापित कम्पनीले नेपालमा शाखारसम्र्पक कार्यालय स्थापना गर्नु परेमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नु पर्दछ ।

प्राइभेट फर्म/साझेदारी फर्म दर्ता गरी व्यवसाय गर्नु परेमा वाणिज्य विभाग वा अन्तरगतका कार्यालयहरुमा दर्ता हुनु पर्दछ । त्यस्तै घरेलु उद्योग स्थापना गरी व्यावसाय संचालन गर्नु परेमा सम्बन्धीत घरेलु कार्यालयमा दर्ता गर्नु पर्दछ ।

भने सहकारी संस्था दर्ता गर्नु परेमा सहकारी विभाग/प्रदेशको सम्बन्धित कार्यालय/प्रदेशको सम्बन्धित कार्यालय/स्थानिय तहबाट दर्ता इजाजत लिनु पर्दछ ।

संस्था दर्ता ऐन अनुसार गैर सरकारी संस्था सम्बन्धित जिल्ला प्रसासन कार्यालयमा दर्ता गर्नुपर्दछ र समाज कल्याण परिसद्मा आबद्ध हुनुपर्नेमा नियम अनुसार आवद्ध हुनु पर्दछ ।

साथै स–साना व्यवसाय/पसल संचालन गर्नु परेमा स्थानिय तहको नियम (नगरपालिका, गाँउपालिका) मा दर्ता हुनु पर्दछ । औद्योगिक व्यवसाय ऐन, नियम अनुसार उद्योग विभागबाट इजाजत लिनु पर्नेमा उद्योग विभागमा दर्ता/इजाजत लिनु पर्दछ ।

इजाजत–पत्र/अनुमती–पत्ररलाईसेन्स लिई कारोबार गर्नुपर्ने व्यवसायको हकमा संचालन गर्नुपर्ने व्यवसाय/कम्पनी/उद्योग/घरेलु उद्योग/प्राइभेट फर्म/साझेदारी फर्महरुले कारोबार सुरु गर्नु पूर्व सम्बन्धित निकायबाट इजाजत–पत्ररअनुमती–पत्र लाईसेन्स लिई मात्र व्यवसाय गर्नुपर्ने छ ।

त्यस्तै सम्बन्धित स्थानिय तहभित्रको कार्यालय (शाखा/ईकाई/विक्रि केन्द्र/पसल साथै स–साना व्यवसाय संचालन गर्नुपरेमा स्थानीय तहको नियम अनुसार कम्पनी/उद्योग/घरेलु उद्योग/व्यवसाय/फर्म सबैले स्थानीय तहमा सम्र्पक गरी दर्ता गर्नु पर्दछ ।

दर्ता भएको जुनसुकै व्यवसाय सञ्चालकले आफ्नो कम्पनी/उद्योग/घरेलु उद्योग/फर्म/पसलले आन्तरिक रापश्व कार्यालयमा करदाताको स्थायाी लेखा नम्बर भ्याट दर्ता गर्नु पर्दछ ।


प्रतिक्रिया दिनुहोस्