सातौं फर्निचर तथाफनिर्सिङ एक्स्पो भदौ २५ देखी « Arthapath.com
२२ श्रावण २०७६, बुधबार

सातौं फर्निचर तथाफनिर्सिङ एक्स्पो भदौ २५ देखी



काठमाडौं । आगामी भदौ २५ गतेदेखी २९ गतेसम्मा काठमाडौंको भृकुटीमण्डपमा सातौं फर्निचर तथाफर्निसिङ एक्स्पो फर्नेक्स २०१९ हुने भएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र जेन्शा कार्पेट रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको समेत सहयोग प्राप्त छ ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागि हुने एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहतप्रदर्शनी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्