नागरिक उड्डयन प्राधिकरणद्धारा त्रिभुवन विमानस्थललाई साढे २ अर्ब विनियोजन « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

नागरिक उड्डयन प्राधिकरणद्धारा त्रिभुवन विमानस्थललाई साढे २ अर्ब विनियोजन



काठमाडौं । त्रिभुवन विमानस्थलको उत्तर र दक्षिणमा समानान्तर ट्याक्सी वे निर्माणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा साढे २ अर्ब बजेट विनियोजन गरेको छ ।

धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे निर्माणको लागि १ अर्ब ९१ करोड २३ लाख विनियोजन गरिएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख बजेट विनियोज गरेको छ ।

क्यानोपीरआन्तरिक टर्मिनल भवन निर्माणका लागि २८ करोड, टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड, विमानस्थलको रिमोर्ट पार्किङ वेमा हाई मास्ट विथ लिड लाइटका लागि ३ करोड र ब्यागेज ह्यान्डलिङ सिस्टम जडानका लागि ५ करोड ६० लाख बजेट विनियोजन गरिएको हो ।

त्रिभुवन विमानस्थलको पूर्वाधार निर्माणको लागि मात्रै ३ अर्ब ३४ करोड र विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै कोरोना भाईरसबाट बच्नको लागि सुरक्षा उपाय अपनाईने पनि बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्