शुरु भयो कलङ्की–नागढुङ्गा सडकमा मर्मत कार्य « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

शुरु भयो कलङ्की–नागढुङ्गा सडकमा मर्मत कार्य



काठमाडौं । कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकको मर्मत कार्य शुरु भएको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकोले कम्पनीले काम शुरु गरेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक यहि भएकाले मर्मत कार्य शुरु गरिएको आयोजना प्रमुख गुरु अधिकारीले बताए ।

पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो ।


प्रतिक्रिया दिनुहोस्