बागमती प्रदेशमा आजदेखी २८ प्रतिसतले बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ ? « Arthapath.com
१ कार्तिक २०७८, सोमबार

बागमती प्रदेशमा आजदेखी २८ प्रतिसतले बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ ?



काठमाडौँ । आज कात्तिक १ गते देखी लागु हुने गरी बागमती प्रदेशमा गाडी भाडा बढेको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडादर बढाएको हो । 

अव बागमती प्रदेशभित्र २३ देखी २८ प्रतिसतसम्म भाडा बढेको हो । प्रदेशभित्र चल्ने सार्वजनिक यातायातमा उपत्यका भित्र २८ प्रतिशत र उपत्यका बाहिर २३ प्रतिशत बढाइएको छ । 

नयाँ भाडा दर अनुसार यसअघि २० रुपैयाँ भाडा लाग्ने ठाउँमा आजदेखी २५ रुपैयाँ नयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा भएका सार्वजनिक सवारीले नयाँ भाडदारमा २० प्रतिशत थपेर लिन पाउने छन् । प्रदेश सरकारले निकालेको राजपत्र अनुसार ०–१० किलोमिटरको २३, ०–१५ किलोमिटरको २७, ०–२० किलोमिटरको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । 

यातायात व्यवसायीले दसैँ अघिनै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएको भन्दै आन्दोलन गरेका थिए । केही जिल्लामा यातायात नै बन्द गरेका व्यवसायीले भाडा बढेपछि भने राहत महसुस गरेका छन् । व्यवसायीले २०६३ साल देखी भाडा नबढेको तर पेट्रोलियमको मूल्य भने भारी बढेको गुनासो गर्दै आएका थिए । 


प्रतिक्रिया दिनुहोस्